भन्सार छलेर ल्याएका अवैध सामान बरामद

नवलपुर | असार १३, २०८०

भन्सार छलेर ल्याएका अवैध सामान बरामद

नवलपुर:  भारतबाट भन्सार छलेर ल्याएको अवैध मालसामान जिल्ला प्रहरी कार्यालय नवलपुरले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय राजमार्ग सडक किनारमा बेवारिसे अवस्थामा बिना बिल कागजातको भन्सार चोरी पैठारी गरी ल्याएको तीन लाखभन्दा बढीको मालसामान बरामद गरेको हो । 


बरामद भएको सामानमा कुर्ता सुरुवाल तीन सय २४ पिस, वान पिस ४ पिस, साडी ६ पिस, थानको कपडा ९ पिस ८२ मिटर, थानको कुर्ताको कपडा १२ पिस, दुई सय ३१ मिटर रहेको छ। त्यस्तै, हाफ पाइन्ट १० पिस, पाइन्ट ७ पिस, सर्ट ४३ पिस, टिसर्ट १२ पिस, पाउडर दूध २ बोरा, मोबाइलको विभिन्न ग्लासहरू ११ कार्टुन, बजाज फिल्टर ईलामेन्ट ४९, भेली २२ कार्टुन, मोसाको कलज वायर ४६, ड्रमब्रेक सोल ३३ सेट, एयर फिल्टर २८, मोबिल १५ लिटरको २ बाल्टी, विभिन्न वासरहरू १ झोला, इन्जिन पार्टस १ पिस, बेबी सुईमिङग गार्ड ६ बोरा र युरिया ४ बोरा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।


प्रहरीले भन्सार छली पैठारी गरी ल्याएका विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुर जनाएको छ । भन्सार छलिका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिवेणी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन कुमार शर्माले बताए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्